२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गङ्गालाल अस्पताल पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।

गृहमन्त्री श्रेष्ठ मंगलबार राति गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो। त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए। चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो।

चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। उक्त अवरोध रहेको भागमा मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा.अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।

मन्त्री श्रेष्ठ हाल सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अस्पताल पुगेर श्रेष्ठको स्वास्थ्यवस्था सँगै उनको उपचारको विषयमा जानकारी लिएका हुन्। श्रेष्ठको उपचारका संलग्न चिकित्सकले उनको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस