सेवा लम्साल परराष्ट्र मन्त्रालयको कायममुकायम सचिव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेवा लम्साल परराष्ट्र मन्त्रालयको कायममुकायम सचिव


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । सहसचिव सेवा लम्साल परराष्ट्र मन्त्रालयको कायममुकायम सचिव भएकी छन् । सचिव भरतराज पौड्यालले नियमित अवकाश पाएपछि मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई कामुको जिम्मेवारी दिइएको हो । 

पौड्याल क्यानडाको लागि राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् । उनको एग्रिमो आउन बाँकी छ । एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्छन् ।

सम्बन्धित समाचार : परराष्ट्र सचिव पौड्यालले पाए अवकाश

परराष्ट्र स्रोतका अनुसार लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले नयाँ सचिवको नियुक्त गर्ने छ ।

सहसचिव लम्साल वरिष्ठ भएको कारणले गर्दा उनी नै सचिव बन्ने सम्भावना रहेको छ । लम्साल परराष्ट्र सचिव भएमा उक्त सेवामा सचिव हुने उनी पहिलो महिला हुने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस