परराष्ट्र सचिव पौड्यालले पाए अवकाश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्र सचिव पौड्यालले पाए अवकाश


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अवकाश पाएका छन् ।

उमेर हदका कारण परराष्ट्र सेवाबाट पौड्यालले आज (मङ्गलवार)बाट अवकाश पाएका हुन् । ९ अक्टोबर २०२० देखि परराष्ट्रको जिम्मेवारी सम्हालेका उनले करिब तीन वर्ष दुई महिना परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका थिए ।

केही दिनअघि मात्र सरकारले क्यानडाको लागि नेपाली राजदूतमा सिफारिस गरेका पौड्यालले ५८ वर्षे उमेर हदका कारण परराष्ट्र सचिवबाट अवकाश पाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस