२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरण गर्ने धम्कीपछि तनावमा बैंकका कर्मचारी

अ+ अ-

झापा । एक ऋणिले अपहरण गर्ने धम्की दिएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाका कर्मचारी तनावमा परेका छन् । बैंकबाट ऋण लिएका राजेश बाँस्कोटाले बैंकका म्यानेजर राहुल चक्रवर्ती र दिनेश पनेरुलाई अपहरण गर्ने धम्की दिएका हुन् ।

बाँस्कोटाको धम्कीपछि बैंकका कर्मचारीहरू सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय बिर्तामोडमा पुगेका छन् । स्रोतका अनुसार करिब दुई वर्षअघि बैंकबाट लिएको ऋण तिर्ने विषयलाई लिएर कर्मचारीलाई धम्की दिइएको हो । बैंकका म्यानेजर चक्रवतीले फोनमा बाँस्कोटाले अपहरण गर्ने धम्की दिएको बताए । 

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्व राज नेपालले घटना अनुसन्धानकै क्रममा रहेको प्रतिक्रिया दिए । ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले दुवै पक्ष कार्यालयमा आएको र घटनाबारे अनुसन्धान भइरहेको बताए । 

यता बाँस्कोटाले बैंक प्रशासनलाई निवेदन नै लेखेर बैंकका कारण आफ्नो व्यवसायमा पूर्णक्षति भएकोले आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका थिए । उनले २०७८ कार्तिकमा भिरपाखा रिसोर्ट एण्ड फन पार्क प्रा.लि.लाई तत्कालीन मेगा बैंक नेपालको बिर्तामोड शाखाबाट पाँच करोड पचास लाख रुपैयाँ कर्जा स्विकृति भएकोमा लामो समय कर्जा प्रवाह नभएको बताएका छन् । 

अर्कोतर्फ कृषि व्यवसायमा राज्यले दिँदै आएको १ करोड रुपैयाँ अनुदानबाट बैंकले अञ्चित गरेको आरोप लगाएका छन् । बैंककै कारण व्यवसायमा क्षति पुगेको र पारिवारिक समस्या उत्पन्न भएको भन्दै बाँस्कोटाले बैंकभित्रै आत्मदाह गर्ने चेतावनी दिएका थिए । बाँस्कोटा दुर्गा प्रसाईँले नेतृत्व गरिरहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका कार्यकर्ता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस