प्रदेश सभाबाट पारित बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश सभाबाट पारित बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश सभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणीकरण भएको छ।​

प्रदेश सभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र कोशी प्रदेश विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ आज (शुक्रबार) प्रमाणीकरण भएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक ल्याएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस