नेवानिबाट खोसियो त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेवानिबाट खोसियो त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्था मार्फत गराउने निर्णय गरेको हो ।

यससँगै प्रतिस्पर्धामा छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि) को आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुनेछ । अहिलेसम्म विना प्रतिस्पर्धा नेपाल एयरलाइन्सले यो सेवा लिइरहेको थियो ।

यसअघि प्राधिकरणले बिहीबार मात्र युरोपेली युनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानिभित्रको कमजोर व्यवस्थापन भएको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस