गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी : कार्यवाहक प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी : कार्यवाहक प्रधानमन्त्री


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रूपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा जोड दिए ।

गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको खड्काको भनाइ छ ।

उनले भने, ‘जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरू, सुशासन र आम नागरिकका अपेक्षाहरू, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरूलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।’

शुक्रबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस