अर्थतन्त्रको समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोज्दै छ : कार्यवाहक प्रधानमन्त्री « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अर्थतन्त्रको समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोज्दै छ : कार्यवाहक प्रधानमन्त्री


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामूहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको टिप्पणी गरे ।

‘अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ’ उनले भने ‘सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ ।’

सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ । ‘अर्थतन्त्र जोखिममुक्त भइसकेको छैन, हामीबीच समस्या लुकाएर होइन, स्विकारेर अगाडि बढ्ने हो’ खड्काले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस