केपी ओली कप : आज आर्मी र मधेश प्रदेश भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कप : आज आर्मी र मधेश प्रदेश भिड्दै


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । पोखरामा जारी ‘केपी ओली कप टी-२० क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल साढे १२ बजेबाट सुरु हुनेछ ।

आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो । एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस