‘दलालमार्फत जाने भएकाले रुसी सेनामा नेपाली युवाहरू रहेको तथ्याङ्क छैन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘दलालमार्फत जाने भएकाले रुसी सेनामा नेपाली युवाहरू रहेको तथ्याङ्क छैन’


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । सरकारले रुसी सेनामा नेपाली युवाहरू भएको तथ्याङ्क नभएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गराउने क्रममा रुसी सेनाबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा जवाफ दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले युद्धग्रस्त क्षेत्रमा नेपाली युवाहरूलाई जान रोक लगाएको बताइन्।

उनले भनिन्, युद्धग्रस्त देशहरूमा नेपाली युवाहरू विभिन्न तरिकाले जाने त्यो सरकारलाई थाहा हुने कुरा पनि भएन। रुसी सेनाको बारेमा पहिला पनि कुरा आएका थिए। त्यहाँ नेपाली युवाहरूको मृत्यु भयो भन्ने कुरा आएको छ। यो विषयमा हामी सबै संवेदनशील छौँ।’

विभिन्न दलालहरुमार्फत् प्रलोभनमा परेर रुसी सेनामा भर्ती हुने गरेको बताइन्। उनले भनिन्, ‘युद्धग्रस्त क्षेत्रमा पुगेका युवाहरूबारे घटना घटिसकेपछि खबर आउने गरेका छन् धेरै त। यसबारेमा सरकारले खोजबिन गर्नुपर्छ। तथ्याङ्क पनि राख्नुपर्छ। तर, मूल कुरा यसरी प्रलोभनमा परेर युद्धग्रस्त क्षेत्रमा जानु हुन्न भन्ने कुरा हामीले हाम्रो युवाहरूलाई भन्नुपर्छ भन्नेमा सरकार सचेत छ। अहिले जति पनि घटनाका कुरा आइरहेका छन् आजकै दिनमा रुसी सेनामा नेपाली युवाहरू कति छन् भन्ने आधिकारिक तथ्याङ्क छैन।

गैरकानूनी रूपमा युवाहरू रुसी सेनामा गएको भएकाले सरकारले तथ्याङ्क राख्न नसकेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस