आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा प्रदर्शन


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरी मृत्यु भएको आरोप लगाएका छन् । पीडितले शिशुको शव उठाएको छैन । मृतक सुत्केरीको शव पनि ल्याएर अस्पतालमै राखिएको छ । अहिले लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।

शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मङ्गलवार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस