रुस-युक्रेन युद्धमा चार नेपालीको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रुस-युक्रेन युद्धमा चार नेपालीको मृत्यु


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । युक्रेन-रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गङ्गाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रवार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।

रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस