केपी ओली कपमा क्रिकेट कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

केपी ओली कपमा क्रिकेट कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह ‘डी’ को विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज मङ्गलवार भएको खेलमा आर्मीले कोशीलाई ३९ रनले हरायो ।

आर्मीले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयो । कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समीर कार्कीले ३४ र सुजन थपलियाले २१ रन जोडे । बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । आर्मीका भीम सार्कीले सानदार अर्धशतक बनाए । उनी २४ बलमा ५३ रन बनाएर आउट भए । यस्तै सन्तोष कार्कीले ५० र रोहित पौडेलले २३ रन जोडे । बलिङतर्फ कोशीका श्रवण यादवले ३ र कमल खत्रीले २ विकेट लिए ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र समूह ‘सी’ बाट मधेस सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनल खेल मङ्सिर १४ गते हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल मङ्सिर १५ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस