स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित बल्खुबाट १ जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित बल्खुबाट १ जना पक्राउ


११ मंसिर २०८०, सोमबार


काठमाडौँ। स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले काठमाडौँको बल्खुबाट करिब १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका २२ वर्षीय हामित खान रहेका छन् । उनको साथबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बा.प्र-०२-१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त बरामद भएको थियो। ऊनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस