सबैला नगरपालिकाले दियो भोलि बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सबैला नगरपालिकाले दियो भोलि बिदा


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली (मंसिर ११ गते) बिदा दिएको छ ‌।

नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार बिदा दिएको सूचना जारी गरेका हुन् । सोमवार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय बिदा रहने सूचनामा उल्लेख छ ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ । विशेषगरी धामीझाक्री सिद्धि प्राप्तिका लागि कमला जाने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस