जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु


१० मंसिर २०८०, आइतबार


काठमाडौँ। जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।

टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।

निर्देशक पहाडीसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस