सामुदायिक वनका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामुदायिक वनका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


६ मंसिर २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीन जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

वन उपभोक्ता समितिको ९ लाख १३ हजार  २८० रूपैयाँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चन्द्रसिंह लामा, सचिव सङ्गीता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूविरूद्ध हिसाब-किताब नदेखाएको, समितिको साधारण सभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने परेपछि आयोगले अनुसन्धान गर्दा उनीहरूले बदनियत राखी आपसी मिलेमतोमा उपभोक्ता समूहको बैंक खाताबाट ९ लाख १३ हजार २८० रूपैयाँ झिकेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको मुद्दामा तीनै जनालाई कैद र हिनामिना भएको रकम बराबरको बिगो दाबी गरेको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस