३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमाससँग बन्धक सम्झौता छिट्टै टुंगोमा पुग्ने इजरायली प्रधानमन्त्री आशावादी

अ+ अ-

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता ‘चाँडै’ टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका छन् ।

उनले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका हुन् ।

‘हामी यस विषयमा प्रगति गर्दैछौं,’ नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयास बारे भने । ‘मलाई आशा छ छिट्टै शुभ समाचार आउनेछ ।’ इजरायल-लेबनान सीमा नजिकको भ्रमणका क्रममा उहावको सो प्रतिक्रिया सार्वजनिक भएको हो ।

इजरायलको मन्त्रिपरिषद्को युद्ध विरामम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू ‘हाम्रा बन्धकहरूको रिहाइ सम्बन्धी घटनाक्रमको छलफलका बारेमा बोलाइएको उल्लेख गरेको छ। यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ।

यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग ‘युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारले उल्लेख छ। कानका अनुसार सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ।

गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको अप्रत्याशित आक्रमणमा सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २४० बन्धकहरूलाई गाजामा लगिएको थियो। आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए जसमा अधिकांश सर्वसाधारण मानिस थिए।

सोही दिन इजरायलले शुरु गरेको ठूलो आक्रमणदेखि, गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन्।

प्रतिक्रिया दिनुहोस