बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ ।  बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन)  रुक्साना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटी प्लस समूहको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस