वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि वैदेशिक रोजगार बोर्डले निवेदन माग गरेको छ ।

बोर्डको सचिवालयले एक सूचना जारी गर्दै आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् ।

बोर्डबाट वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ ।

छात्रवृत्ति पाउन १८ वर्षमुनिको हुनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस