भूकम्प पीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्प पीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि रू. ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस