एसएसपी लुइँटेलले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसएसपी लुइँटेलले दिए राजीनामा


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । एसएसपी लुइँटेललेअनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका हुुन्

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस