सीटीईभीटीको सदस्य सचिवका लागि ८ जना प्रतिस्पर्धीको अन्तर्वार्ता मंसिर ८ गते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सीटीईभीटीको सदस्य सचिवका लागि ८ जना प्रतिस्पर्धीको अन्तर्वार्ता मंसिर ८ गते


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त सदस्य सचिव पदका लागि आठ जना प्रतिस्पर्धीको अन्तर्वार्ता मंसिर ८ गते हुने तय भएको छ । 

यसअघि कार्तिक १७ र १८ गतेलाई तय गरिएको अन्तर्वार्ता स्थगित भएको थियो । 

सदस्य सचिव नियुक्तिका लागि समितिले आवेदकहरूमध्येबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आठजनाको नाम ‘सर्ट लिस्टेड’ गरेको थियो । जसमा हाल निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका महेश भट्टराईसहित अरविन्द कुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस