मौलापुर नपाकी मेयर रीनाकुमारी साहलाई यथावत काम गर्न दिन सर्वोच्चको आदेश « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मौलापुर नपाकी मेयर रीनाकुमारी साहलाई यथावत काम गर्न दिन सर्वोच्चको आदेश


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद तत्काललाई जोगिएको छ ।

एमालेले कारबाही सिफारिस गरेपछि निर्वाचन आयोगले साह मेयरको पदमा नरहेको सूचना निकालेपछि उनी सर्वोच्च गएकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले शुक्रबार साहलाई नगरपालिकाको मेयर पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि उनको पद जोगिएको छ ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । पतिले नयाँ पार्टी खोलेपछि रानीले पनि नयाँ पार्टी रोजेको भन्दै एमालेले कारबाही गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस