भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएका छन् ।

गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३ वटा जिल्लामा गरी २६ हजार पाँच सय ५७ घर पूर्णरूपमा र ३५ हजार चार सय ५५ घर आंशिक रूपमा भत्किएका हुन् । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नौ सय ६१ घर आंशिक रूपमा भत्किएका छन् ।

यस्तै जाजरकोटमा नौ हजार सात सय ९४ घर पूर्ण र २४ हजार सात सय सात घर आंशिक रूपमा भत्किएका छन् । सल्यानमा एक सय ५१ घर पूर्ण र पाँच सय १२ घर आंशिक रूपमा भत्किएका छन् । यसैगरी रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६३ जना घाइते भएका छन् । घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस