प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

आचार्यलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

आचार्यले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली समेत गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, प्लान इन्टरनेशन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गरेको अनुभव भएका आचार्य नेपाली काँग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा समेत बसेर काम गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस