नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर विवादमा मुछिएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका हुन् ।

नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रूपमा अघि बढाउँदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।

यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस