भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीद्वारा १ करोडको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्प पीडितका लागि गोर्खा ब्रुअरीद्वारा १ करोडको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भूकम्प पीडितको पुनर्स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग स्वरूपको चेक ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रूपमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस