मायादेवी मन्दिरमा दानबापत ६४ लाख ७६ हजार सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मायादेवी मन्दिरमा दानबापत ६४ लाख ७६ हजार सङ्कलन


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०-८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको थियो ।

सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मङ्गलवार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ सङ्कलन भएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा सङ्कलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेसँगै यहाँको स्रोतसमेत बढ्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस