राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको हो ।

जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि कोष स्थापना गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस