सञ्चालनको अन्तिम तयारीमा सिद्धार्थ केबलकार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सञ्चालनको अन्तिम तयारीमा सिद्धार्थ केबलकार


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । बुटवलमा सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

२०७७ सालको फागुनमा ९ दिनको अन्तरमा शिलान्यास भएका यी दुई केबलबारमध्ये बुटवलबाट पाल्पाको वसन्तपुर जाने लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आइसकेको छ । बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ ।

निर्माण थालेको दुई वर्षभित्रै केबलकार सञ्चालनमा ल्याउने योजनासहित काम थालिए पनि कोरोना महामारी र आर्थिक सङ्कटले केही ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले तिहारपछि केबलकार सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाएको हो ।

लुम्बिनी केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए । सोही वर्षको फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ केबलकारको शिलान्यास गरेका थिए ।

कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले तिहारलगत्तै केबलकार परीक्षण गर्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार एक अर्ब रुपैयाँ लगानीमा केबलकार बनिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस