अधिकार माग गर्दै संघीय सरकारविरुद्ध आज आन्दोलन घोषणा गर्दै मधेश प्रदेश सरकार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अधिकार माग गर्दै संघीय सरकारविरुद्ध आज आन्दोलन घोषणा गर्दै मधेश प्रदेश सरकार


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ। संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश सरकार सरकारविरुद्ध काठमाडौँ र मधेशकेन्द्रित सङ्घर्ष गर्ने तयारी थालेको हो।

प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेश सरकारले सङ्घ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन गर्न लागेको छ। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बुधबार दिउँसो दुई बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको मधेश सरकारले बताएको छ।

सोमबार मुख्यमन्त्री, मन्त्री लगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौँस्थित माइतीघर मण्डलमा धर्ना बस्ने पनि निर्णय गरेको थियो।

बिहीबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने सहमति भएको छ। यसअघि समेत प्रदेश सरकारले यी अधिकारहरू माग्दै पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको चेतावनी दिँदै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस