काठमाडौँ महानगरले काञ्जी हाउसमा छाडा पशुचौपाया व्यवस्थापन गर्ने  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरले काञ्जी हाउसमा छाडा पशुचौपाया व्यवस्थापन गर्ने 


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ।

मङ्गलवार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

विभागका अनुसार सडकमा छाडा छाडिएका चौपायाको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्ने व्यवस्था छ।

ती चौपायाको हेरचाह गर्न २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा समेत राखिएको बताइएको छ । यस्तै, चौपाया व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकाको-७ सँग समेत सहकार्य गरी पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने तयारी महानगरले गरेको छ ।  

यसले दक्षिणकाली नगर क्षेत्रको छाडा चौपाया समेत व्यवस्थापन सहयोग हुनेछ। बुधबारबाट महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा सङ्कलन गरेर टेकु ल्याइने जनाइएको छ।

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते महानगर र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस