आजदेखि म्युचुअल फण्डको आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आजदेखि म्युचुअल फण्डको आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाइने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आज (मङ्गलवार) देखि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आरक्षणको आईपीओ ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।

सोमबार नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो ।

बोर्डले आज कार्तिक २१ गतेबाट लागू हुनेगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम सीडीएस एन्ड क्लियरिङ र सम्पूर्ण योजना व्यवस्थापकलाई निर्देशन दिएको छ ।

‘सङ्गठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्ट्याउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।’ निर्देशनमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस