कोशीको सभामुख तत्काल चयन गर्न सांसदहरूको माग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशीको सभामुख तत्काल चयन गर्न सांसदहरूको माग


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सभाका सांसदहरुले रिक्त रहेको सभामुख चयन तत्काल गर्न माग गरेका छन्।

सोमबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले प्रदेशसभाको नेतृत्व लामो समयदेखि रिक्त राख्न नहुने भन्दै तत्काल सभामुख चयन गर्न माग गरेका हुन्।

शून्य समयमा बोल्ने काँग्रेसका सांसदहरु गोपाल तामाङ, मैया श्रेष्ठ, इन्दिरा थापा, शोभा चेम्जोङ, राप्रपाका गोपाल विश्वकर्मा लगायतका सांसदहरुले सभामुख चयनमा ढिलाइ गर्दा प्रदेशसभाको प्रभावकारितामामै असर परेको उल्लेख गरे।

तत्कालीन सभामुख बाबुराम गौतमले काँग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन राजीनामा दिएका थिए। लगत्तै उनी मन्त्री बनेका थिए। भदौ ४ मा थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको फैसला गरेपछि थापा पदमुक्त बनेका थिए।

यही सहमति अनुसार सत्ता गठबन्धन र राप्रपाका सांसदहरुले सदनमा सभामुखको खोजी गरिरहँदा एमाले भने यसबारे मौन देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस