सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।

आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनः निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । निर्णयमा अगाडि भनिएको छ, ‘पुनः निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।’

शनिबार मध्यराती जाजरकाट र रुकुम पश्चिममा गएको ६.४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरू भत्किएका छन् ।

पुनः निर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरू निर्माण गर्ने पनि सरकारको निर्णय छ ।

साथै, सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा बस्ती विकास गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावितहरूका लागि आवश्यक पर्न सक्ने राहत तथा उद्धार सामग्रीहरूको पूर्व तयारी स्वरूप मौज्दात राख्ने पनि सरकारको निर्णय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस