नेपाली खेलाडीलाई बधाई दिँदै मोहम्मद रिजवानले भने- ‘विश्वकपमा भेटौँला’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली खेलाडीलाई बधाई दिँदै मोहम्मद रिजवानले भने- ‘विश्वकपमा भेटौँला’


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि विदेशी क्रिकेटरले पनि खुशी व्यक्त गरेका छन् ।

पाकिस्तानका विकेट/किपर ब्याट्सम्यान मोहम्मद रिजवानले विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका हुन् ।

अहिले भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।

उनी लेख्छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरू वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौँला ।’

रिजवानको यो पोस्टमा सयौँ नेपालीहरूले कमेन्ट गर्दै धन्यवाद दिएका छन् ।

रिजवान नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् । नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरूलाई होटेलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस