चाँडै सहमतिको सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चाँडै सहमतिको सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै नै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरूको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए । उनले आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो उसको गुण नबिर्सिने जिकिर गरे । उनले पहिलेको सरकारले पटक पटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे ।

यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाइ गरेको आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमालेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । उन समर्थन गरेको दलको सल्लाह अनुसार सरकार गठन गर्नु पर्ने बताए ।

मुख्यमन्त्री केदार कार्की नेपाली काँग्रेसका ७ जना विद्रोही प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरूको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । कार्की मुख्यमन्त्री भएको १९ दिन सम्म पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस