ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

आजै मुलपानी मैदानमा जारी खेलमा यूएईले हङकङलाई १ सय ७७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको हो।

समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए।

आज हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। आजै बहराइन र कुवेत पनि आमनेसामने हुँदै छन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस