अर्याल र पुडासैनी सचिवमा बढुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्याल र पुडासैनी सचिवमा बढुवा


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।

बिहीवार(आज)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिकतर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय राधिका अर्याल, चूडामणि पौडेल र डा. हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : दुई सचिवका लागि चार वरिष्ठ सहसचिवको नाम सिफारिस

पहिलो नम्बरमा सिफारिस अर्याल लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी), की कायम मुकायम प्रमुख सचिव छिन् भने ज्येष्ठताबाट एकल नम्बरमा सिफारिस पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस