बैतडीको झुलाघाट नाका साँझ सवा ६ बजे बन्द हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैतडीको झुलाघाट नाका साँझ सवा ६ बजे बन्द हुने


१६ कार्तिक २०८०, बिहिबार


डोटी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने समय फेरिएको छ ।

सधैँ सवा ७ बजे बन्द हुँदै आएको सीमा नाका हिजो (बुधबार) देखि साँझ सवा ६ बजे बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन् ।

केही समय पहिला बसेको सीमा समन्वय समितिको बैठकले शीतकालीन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार हिजो देखि सो निर्णय कार्यान्वयनमा आएको प्रजिअ पन्थीले बताए ।

नोभेम्बर १ तारिख देखि फरबरी मसान्त सम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

ग्रीष्मकालीन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने सहमति भएको छ । सो सहमति अनुसार मार्च १ देखि अक्टुबर मसान्तसम्म सीमा बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस