गायक चक्र बमसहितका ९ जना ४ दिन देखी प्रहरी थुनामा रहेको खुलासा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गायक चक्र बमसहितका ९ जना ४ दिन देखी प्रहरी थुनामा रहेको खुलासा


१४ कार्तिक २०८०, मंगलबार


कैलाली । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम विगत चार दिनदेखि प्रहरी थुनामा रहेको खुलेको छ ।

मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो । 

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित शङ्कर आचार्य, इकु सुलेमान (सुलेमान शङ्कर), नरेन्द्र विष्ट, रोशन सिंह, साहिन मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन्।

जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता कुमोद ढुङ्गेलले बताए । पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको ढुङ्गेलले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस