‘गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए’


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको भ्रमणका बेला शान्ति प्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताहरुले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताए ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससंग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तयार रहेपनि प्रधानमन्त्री ‘प्रचण्ड’ हिंसालाई बढावा दिने दिशामा अघि बढेको जिकिर गरेका थिए । प्रधानमन्त्रीको भनाइ ओलीप्रति लक्षित थियो ।

‘प्रचण्ड’ले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस