काभ्रेमा मिनी ट्रक दुर्घटना हुँदा २ को मृत्यु, १ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काभ्रेमा मिनी ट्रक दुर्घटना हुँदा २ को मृत्यु, १ जना घाइते


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । जिल्लाको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक पनौती-२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीलाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनमा गम्भीर घाइते बेथानचोक-२ की ४५ वर्षीया शारदा तिमल्सिना शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस