महासचिव गुटेरेस र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महासचिव गुटेरेस र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् ।

भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल-संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस