मलेसियाले नेपाललाई दियो १ सय ६६ रनकाे लक्ष्य, अविनाशले ४ विकेट लिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मलेसियाले नेपाललाई दियो १ सय ६६ रनकाे लक्ष्य, अविनाशले ४ विकेट लिए


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनकाे लक्ष्य दिएको छ । 

कृत्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपालले हिजो सोमबार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस