समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेश सभाको समानुपातिक सांसद सञ्जिला कुमारी यादवलाई बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले प्रदेशसभा सदस्यका लागि यादवको नाम टुङ्गो लगाएको हो ।

जसपाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएको थियो । उनको निधनपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको जसपाका नेता प्रकाश अधिकारीले जानकारी दिए ।

प्रदेश सभा सदस्यका लागि सिफारिस भएकी यादव सिरहाको नरहा गाउँपालिकाकी हुन् । उनी जसपाका संस्थापक सिरहा जिल्ला अध्यक्ष किशोरी यादवको छोरी भएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस