श्रीलङ्काले दिएको २ सय ४२ रनको लक्ष्य पच्छ्याउँदै अफगानिस्तान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रीलङ्काले दिएको २ सय ४२ रनको लक्ष्य पच्छ्याउँदै अफगानिस्तान


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई २ सय ४२ रनको लक्ष्य दिएको छ ।

पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका पथुन निसान्काले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

श्रीलङ्का ५ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । अफगानिस्तान उति नै खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा सातौँ स्थानमा छ ।

अहिले श्रीलङ्काले जवाफी ब्याटिङ गरीहेरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस