पूर्वसांसद लामासहित एमाले नेताहरू चढेको गाडी दुर्घटना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पूर्वसांसद लामासहित एमाले नेताहरू चढेको गाडी दुर्घटना


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरू चढेको बोलेर गाडी काभ्रेको बेथानचोक-१ मा पल्टिएको छ ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका छन् ।

गाडी सामान्यरूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति हुन नपाएको सोही गाडीमा सवार संविधान सभा सदस्य तथा एमाले नेता रामहरी सुवेदीले बताएका छन् ।

पार्टी कामको सिलसिलामा नेताहरू बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको सुवेदीले बताएका छन् । उनी पनि सामान्य घाइते भएका छन् । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

एमाले नेताहरू आजै खानीखोला गाउँपालिकाको शुभकामना कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस