राष्ट्रसङ्घ महासचिवको भ्रमण प्रयोजनहीन र आश्चर्यजनक : कमल थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रसङ्घ महासचिवको भ्रमण प्रयोजनहीन र आश्चर्यजनक : कमल थापा


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका छन् । गुटेरसको सम्मानमा आज सोल्टी होटलमा राखिएको रात्रिभोज बहिष्कार गर्ने उनको तयारी छ ।

महासचिव गुटरेसले हमास-इजरायल युद्धमा ध्यान नदिएको थापाले आरोप लगाएका छन् ।

‘अतिथिलाई स्वागत छ तर‘’भन्दै उनले लेखेका छन्, ‘इजरायल-गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भइरहेको छ । यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसको ‘प्रयोजन विहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’

संक्रमणकालीन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अवस्थामा यो भ्रमणको कुनै औचित्य नभएको उनको भनाई छ ।

चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस